कोभिड-१९

सामुहिक दर् कार्यक्रमको भोलि पल्ट ३० जना कोरोन संक्रमितको पुस्टि

Lumbinikhabar Online

कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी ३० वर्षीया महिला सामान्य ज्वरो र हल्का खोकी लागेपछि भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिएर फर्किइन् ।उनि एक फाइनान्समा काम गर्ने गरेकी थिइन् । तीजको माहोल चलिरहेको थियो ।स्वास्थ्य अवस्थामा केहि सुधार आएकोले उनले भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम राखेकी थिइन्।
कागेश्वरी मनोहरा नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ टिमका संयोजक झमप्रसाद आचार्यका अनुसार ती महिलालाई भदौ ५ गते कोरोना संक्रमित भएको रिपोर्टआयो ।

आचार्यका अनुसार उनको क्लोज कन्ट्याक्टमा झण्डै ३० जना रहेका छन् । उनीहरूलाई सोमबार स्वाब संकलनका लागि बोलाइएको छ र कोरोना संक्रमित ८२ जना, खहरे चोकदेखि वीरेन्द्र चोकसम्म सिल गरिएको छ। ८२ जना कोरोना संक्रमित भेटिएको छ, १० जना निको भइसकेका छन् ।

Tags

छुटाउनु भयो कि ?