टप खबर

दुबईमा अलपत्र परेका नेपालीहरुलाई लिन निगमको जहाज उडेको छ

Lumbinikhabar Online

निषेधाज्ञा पछि चार्टर्ड उडान रोकिएर दुबई विमानस्थलमा अलपत्र परेका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभएको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा नेपाल एयरलाइन्सले काठमाडौँ देखि दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका आउनका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो ।
मन्त्रिपरिषद्को यही बिहीबार बसेको बैठकले भदौ १६ देखि विस्तृत ब्योरा शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने समर्थन भएको थियो। सरकारी निर्णयानुसार पिसीआर परीक्षण सजिलो भएका मुलुकहरु मलेशिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिने जानेको छन् ।

नेपाल फर्किने यात्रुको ७२ घण्टाभित्र पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने र विदेशबाट फर्किएका यात्रु काठमाडौँमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने जानेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार आज विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन चार अन्तर्राष्ट्रिय उडान हुँदै गरेको बताएका छन्।

Tags

छुटाउनु भयो कि ?