टप खबर

निजमती अस्पतालको कर्मचारी राखेको भन्दै स्थानिया द्वरा बिरोध

Lumbinikhabar Online

निजामती कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मीलाई आफ्नो टोलमा क्वारेन्टाइनमा राखेको भन्दै काठमाडौं महानगरपालिका वडा नं ३१ का स्थानीयले विरोध गरेका छन्।  अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको भन्दै उनीहरुले शनिबार बिहान हुल हुज्जत गरी विरोध गरेका हुन्।

अस्पतालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयनमा मध्य बानेश्वर मिलनचोकमा रहेको एक होस्टलमा आफ्ना २५/३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको छ। त्यहाँ क्वारेन्टाइनमा भएका कुनै पनि कर्मचारी कोरोना संक्रमित नभएको अस्पतालका निर्देशक डा दीर्घराज आरसीले बताए।

अस्पतालमा ड्युटी गर्न सजिलो र नजिक हुने भएकाले उनीहरुलाई मध्य बानेश्वरको एक होस्टेलमा क्वारेन्टाइनमा राखिएको उनले बताए। स्थानीयले अनावश्यक रुपमा विरोध गर्दा स्वास्थ्यकर्मीलाई मानसिक तनाव हुने उनले बताए।  उनले भने, ‘उहाँहरुलाई घर जान अप्ठ्यारो हुने भएकाले अस्पताल नजिकैको ठाउँमा हामीले क्वारेन्टाइनको व्यवस्था मिलाएका हौं। उहाँहरु कोही पनि संक्रमित हुनु हुन्न। तर स्थानीयले बुझ्दै नबुझी विरोध गरे।’

स्थानीयको विरोधले स्वास्थ्यकर्मीहरुकौ मनोबल र हौसलामा कमी आउने उनले बताए। स्थानीयले सधै विरोध मात्र गरे कोरोनाको नियन्त्रण र उपचारमा प्रभाव पर्ने उनको भनाई छ। ‘भोली उनीहरु बिरामी भयो भने कसले उपचार गर्ने ? हौसला दिनुपर्ने बेलामा यसरी विरोध मात्र गर्ने हो भने कोरोनाको उपचार र नियन्त्रण कसरी हुन्छ ?’ उनले भने।

स्थानीयको विरोधपछि अस्पतालले जिल्ला प्रशासन काठमाडौंलाई समन्वय गरिदिन आग्रह समेत गरेको थियो। हाल भने त्यहाँ अवस्था सामान्य रहेको निर्देशक आरसीले जानकारी दिए। स्थानिइले अवरोध गरेपछि अस्पतालले आवश्यक समन्वय गर्न वडा नम्बर ३१ का अध्यक्षलाई पत्र समेत लेखेको छ।

Tags

छुटाउनु भयो कि ?