कोभिड-१९

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

Lumbinikhabar Online

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए छन् । नेता माधवकुमार नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।
गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो ।

संक्रमित सबैलाई आएसोलेसनमा पठाइसकिएको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?