जीवनसैली

भदौ १६ गतेदेखि नियमित अन्तररष्ट्रिय उडान सुरु गर्ने तयारी

Lumbinikhabar Online

सरकारले भदौ १६ गतेदेखि नियमित अन्तररष्ट्रिय उडान सुरु गर्ने तयारी थालेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहजीकरण भएका देशहरुबाट दैनिक ५ सय यात्रु मात्रै ल्याउने गरी तयारी गर्ने निर्णय गरेको हो । जसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणलाई सोहीअनुसार उडान तालिका बनाउने जिम्मेवारी दिने निर्णय भएको हो । शुक्रबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनि गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशबाट आएकाको पीसीआर परिक्षण अनिवार्य गरेर मात्रै यात्रु ल्याउने तयारी गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिने भएको छ । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ । यस्तै काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ ।

Tags

छुटाउनु भयो कि ?