राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ

Lumbinikhabar Online

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको जानकारी दिए । यसअघि नियमित रूपमा सोमबार मन्त्रिपरिषद बैठक बस्ने गरेको थियो । योपटक बिहीबार नै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक डाकेका हुन् । देशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि बिहीबारबाट उपत्यकाका ३ वटै जिल्लामा एक साता निषेधाज्ञा घोषणा भएको छ । चार महिना लामो लकडाउन अन्त्य भए पनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ । आज मात्रै उपत्यकामा  २ सय जनासहित देशभर ७०७ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । आज मात्रै थप ६ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

Tags

छुटाउनु भयो कि ?