• २०८२ बैशाख ३०, मंगलबार ( )
कोभिड-१९

निषेधाज्ञा पछि सुनसान भयो काठमाडौँ उपत्यका

Lumbinikhabar Online

निषेधाज्ञाको काराण आज बिहानैदेखि काठमाडौं उपत्यका सुनसान देखिएको छ। कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेधाज्ञा लागू गरेका हुन्। यो निषेधाज्ञा १० भदौसम्म जारी रहने छ। बुधबार राति १२ बजेदेखि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको हो। स्थानीय प्रशासनको निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ। सडकमा प्रहरीको संख्या बढाइएको छ। सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्। ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ। कतिपठ ठाउँमा भने स्थानीय प्रशासनले नै बिहान सात बजेसम्म किराना पसल खोल्न दिएको छ। अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ। अत्यावश्यक सामग्री लगायतका मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न, जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पनि निषेध गरिएको छ। त्यस्तै फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न समेत बन्देज लगाइएको छ। निषेधाज्ञाको अवधिमा होटल, रेष्टुराँ सञ्चालन गर्न पाइने छैन।

Tags

छुटाउनु भयो कि ?