३ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।काठमाडौंमा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आएको विवरण अनुसार काठमाडौँमा बढी संक्रमण देखिएको छ।