समाचार

कुटपिट हुँदा महिलाको मृत्यु, सिराहा

Lumbinikhabar Online

३ भदौ – सिराहाको अर्नमा गाउँपालिका -५ कृष्णपुर बस्ने ५० बर्षीय सीतादेवी राउतको मृत्यु भएको छ। बाटोको विषयमा भएको विवाद बढेर कुटपिट सम्म पुगेको थियो। कुटपिट हुने क्रममा महिला घाइते भएकी थिन उनलाई उपचारका लागि अस्पताल लग्दा उपचार गर्ने क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार कुटपिटमा दुइ जना महिला पनि संलग्न थिए।ति दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।स्थानीय प्रहरीले आरोपीहरुलाई नियन्त्रणमा लिएका छन् र घटना बारे थप अनुसन्धान जारि रहेको जनाएको छ।

Tags

छुटाउनु भयो कि ?