टप खबर

पेट्रोलियम पदार्थको मूल्य वृद्दि

Lumbinikhabar Online

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्दि गरेको छ । निगमले हिजो राति १२ बजे देखि देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा र डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। मूल्य भारतबाटै बढेर आएको निगमले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?