News in Nepali

सहि ढंगले मस्क नालगाउदा जोखिमपूर्ण हुने !!

Lumbinikhabar Online

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई हिँड्ने ६० जनालाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार १०० रुपैयाँ जरिवाना गरेको छ । प्रशासनको तर्फबाट अनुगमनमा गएको टोलीले कतिपय मास्क लगाउन नजान्नेलाई मास्क लगाउने तरिका पनि सिकाएको थियो । सोही टोलीले ७०० भन्दा बेसी पसलहरूमा भौतिक दुरी कायम नभएको भन्दै पहिलो पटकलाई चेतावनी दिएर फर्किएको जनाएको छ।महँगो मास्क लगाएपछि भौतिक दुरीको समेत आवश्यकता पर्दैन भन्ने मानसिकता काठमाडौंवासीमा देख्न सकिन्छ ।सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला एन ९५ वा जस्तोसुकै क्वालिटीको मास्क लगाए पनि सामाजिक दुरी कायम नगर्ने र ढंग पुराएर मास्क नलगाउने हो भने कोरोनाको जोखिम उस्तै रहिरहने बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?