News in Nepali

बिज्ञहरु ले सरकार लाई २ साता लक डाउन गर्न सुझाब दिएका छन

Lumbinikhabar Online

कोरोना भाइरसको संक्रमण दर नेपालमा पनि थप बढ्दै गएपछि पुनः लकडाउन गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कम्तीमा पनि दुई साता लकडाउन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न विज्ञहरुले सुझाव दिएका हुन् ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले सुझाव लिने मात्रै नभई काम पनि गर्नुपर्ने धारणा राख्नुभएको थियो । बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?