प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीलाई कोरोना संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएको छ। ज्वरो आएपछि प्रहरी अस्पतालमा भर्ना गरिएका उनीहरुमा कोरोना संक्रमणको आशंका गरिएको प्रधान कार्यालयले जनाएको छ। कोरोनासँग मिल्ने लक्ष्यण देखिएपछि स्वाब संकलन गरी प्रहरी अस्पतालले परीक्षणका लागि टेकू अस्पताल पठाएको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले बताए। उनीहरुको सम्पर्कमा रहेका अरु प्रहरीलाई पनि क्वारेन्टिनमा राख्ने र स्वाव संकलन गर्ने तयारी भइरहेको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६