लकडाउन खुकुलोसँगै काठमाडौं उपत्यका र मोफसलका डिपार्टमेन्टल स्टोल तथा पसलहरू खुलेका छन् । सामाजिक दूरी कायम गर्दै डिपार्टमेन्ट स्टोरमा ग्रहकका सहभागिता बढेपछि आफ्ना सिनेमा हल खोल्नका लागि हल सञ्चालकहरूले पनि माग गरेका छन् । अहिलेको अवस्थामा नेपाली चलचित्र क्षेत्रको समस्याबारे चलचित्र विकास बोर्डले छलफल गरेको थियो । यो क्रममा हलवालाहरूको संस्था नेपाल चलचित्र संघका पदाधिकारीहरूले सिनेमा हल खोल्नका लागि माग गर्दै हल खोल्ने योजनसमेत प्रस्तुत गरेका छन् । अहिलेको अवस्थामा एक तिहाइ दर्शक राखेर आफूहरू सिनेमा हल खोल्नका लागि तयार भएको हल सञ्चालकहरूको कथन छ । सञ्चाल तथा सूचना प्रविधि मन्त्रालयमार्फत कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई आफूहरूले हल खोल्न पाउनुपर्ने भन्दै चलचित्र संघले हल खोल्ने मोडलिटी पठाएको छ । सो मोडलिटीअनुुसार अहिले संसद् भवनमा सांसदहरूको बैठक सञ्चालन गर्न जुन मोडालिटी अपनाइएको छ सोही मोडलिटीमा चलचित्र हल सञ्चालन गरिनुपर्ने हल सञ्चालकहरूको माग छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६