News in Nepali

दुइ पाग्रे सवारी साधन अर्थात मोटरसाइकालमा पनि जोर-बिजोर प्रणाली लागु हुने

Lumbinikhabar Online

सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने अन्योल देखिएकाे थियाे । अहिले सरकारले ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भनेर भनेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले अनलाइनखबरसँग भने, ‘हामीलाई स्पष्ट निर्देशन आइसकेको छ, अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ ।’ दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि यथावत नै रहेको उनले बताए । यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?