अर्थमन्त्री डा. युवराज खतिवडाले एमसिसीको नाममा छुट्याइएको बजेट संसदबाट पारित भएपछि मात्र निकासा हुने बताएका छन्। बजेटबारे संसदमा जारी छलफलमा उठेका जिज्ञासामाथि जवाफ दिँदै सोमबार उनले संसदमा विचाराधिन अवस्थामा रहेको उक्त अमेरिकी सहयोग संसदबाट पारित नभएसम्म यथावत नै रहने जानकारी दिए। ‘एमसिसीको सहयोगमा हामीले गत ३ वर्षदेखि नै निरन्तर कार्यक्रम गर्दै आइरहेका छौं । आगामी वर्षका लागि पनि राखिएको छौं । संसदमा विचाराधीन रहेको सम्झौतापत्र पारित भएपछि मात्र निकास हुन्छ’ उनले भने । उनले सबै बैदेशिक सहयोग राष्ट्रिय प्राथामिकता र राष्ट्रिय हितमा मात्रै प्रयोग गर्ने प्रष्ट पारे।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६