News in Nepali

कोरोनबाट ठिक भएर फर्किएका रौतहटका युवक फेरी अस्पतालको आइसोलेसन वार्डमा

Lumbinikhabar Online

कोरोन बाट ठिक भएर घर फर्किएका रौतहटका एक युवक पुनः नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको छ । १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई फेरी अस्पताल ल्याइएको हो । शनिबार राति  उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो । तीन भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए । वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्समा घर गएका थिए अनि घरमा परिवार र आफन्तसँग बस्दै आएका थिए | बुधबार अस्पतालबाट गएको टोलीले ती युवकको स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको थियो । त्यसको रिपोर्ट शंकास्पद देखिएको स्रोतले जनाएको छ ।

 

छुटाउनु भयो कि ?