नेपाली नायिका बर्षा राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो भएको प्रतिक्रिया दिएकी छिन् । उनले एक भिडियो जारी गर्दै यस्तो विवादीत प्रतिक्रया दिएकी हुन । उनले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् । उनले भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् ।
सार्वजनिक भिडियाेमा उनले भनेकी छन्- ‘देशको माया लाग्छ भन्दैमा ए होइन, यो त हाम्रै हो, तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने होइन नि, यो त भारत सरकार र नेपाल सरकार मिलेर पो कुरा गर्ने हो त । यहाँ भारतीय र नेपाली पत्रकार मिलेर झगडा गराइरहेका छन् । मेरो भारतीय साथीहरुसँग म कसरी फेस गर्ने अनि भारतीय साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेकाे अवस्था छ ।’