सेयर बजार बन्द गराउन नेपाल स्टक एक्सचेञ्जलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आजैबाट कार्यान्वयन हुने गरी बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको अनलाइनखबरलाई बताए । बन्द भएको ५० औं दिनमा मंगलबार बजार खुलेको थियो । लकडाउनका बेला बजार धेरै घट्न सक्ने भएकाले नै नेपाल स्टक एक्सचेञ्जले २ प्रतिशत भन्दा धेरै घटबढ भए बजार सर्किट ब्रेक लाग्ने व्यवस्था गरेर खुलाएकाे थियाे । लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजार डेढ घण्टा पनि नपुग्दै कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६