News in Nepali

सरकारले बैसाख २६ गते देखि ४२ प्रकारका उद्योग चल्न दिने, सुची सहित हेर्नुहोस ;

Lumbinikhabar Online

सरकार ले जेठ ५ गते सम्म लक् डाउन बढाए संगै खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यस्ता उद्योग सञ्चालन गर्न उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समिति ले सिफारिस गरेको थियो । यो निर णय मत्रिपरिषद बाट नै पारित भएको हो । खाद्यन्न र निर्माण सामाग्री उत्पादन गर्नेसहितका ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय भएको उद्योग मन्त्रालयले जनाएको छ । उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जास्ता सुरक्षाका अपानाउनुपर्ने प्रावधान राखिएको छ । सम्बन्धित उद्योगको पत्रको आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि गुड्दा सुरक्षा निकायले नरोक्ने निर्णय पनि गरिएको छ । बैसाख २६ गते देखि चलाउने मिल्ने उद्योगहरु तल उल्लेखित छ ।

Tags

छुटाउनु भयो कि ?