हिजो बिरगंज १७ जनामा देखिएको कोरोन संक्रमणमा एक जना दुई महिने शिशु पनि रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका एउटै परिवारका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।उनीहरू आइतबार भेटिएका वीरगञ्ज-३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषका परिवारका सदस्यहरू हुन् । सबै संक्रामितहरूलाई उपचारका लागि नारायणी अस्पताल लागिएको छ । एकै चोटी १७ जना संक्रमित थपिए पछि नेपाल मा संक्रमित हरु को संख्या ९९ पुगेको छ ।

selective focus of scientist holding sample with coronavirus test lettering near test tubes isolated on white