News in Nepali

संसद सुरेन्द्र यादव ले मानब अधिकार आयोग मा अपहरण को उजुरी दिएका छन् ।

Lumbinikhabar Online

सांसद सुरेन्द्र यादवले सत्तारुढ नेकपा सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् | सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै बिहीबार आयोगको कार्यालय पुगेर यादवले उनीहरुविरुद्ध उजुरी दिएका हुन् |
शक्तिको आडमा आफ्नो ज्यान नै लिन सक्ने जोखिम रहेकोले सांसदहरु र पूर्वआईजीपीलाई पक्राउ गरी आवश्यक छानबिन र कारवाही गर्न आयोगमा दिइएको उजुरीपत्रमा उल्लेख गरिएको छ । उजुरी बुझेपछि आयोगका सदस्य प्रकाश वस्तीले उजुरीमा उल्लेख भएबमोजिम कार्यहरु भए/नभएको विषयमा अनुसन्धान हुने भनेका छन् |

छुटाउनु भयो कि ?