News in Nepali

१ जना विद्यार्थी लिन जना बुद्ध एर को फ्लाईट चारटर ।

Lumbinikhabar Online

बंगलादेशको रंगपुर मेडिकल कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई बुद्ध एयरको चार्टर उडानबाट मंगलबार दिउँसो काठमाडौं ल्याइएको छ । ढाकाबाट ३ सय किलोमिटर दुरीमा पर्ने रंगपुरमा एमबीबीएस चौथो वर्ष अध्ययनरत काठमाडौंकी ती छात्रा बिरामी परेपछि अभिभावककै खर्चमा नेपाल ल्याइएको बुद्ध एयरले जनाएको छ ।

किमोथेरापी दिनुपर्ने, अभिभावकको अनिवार्य सहमति लिनुपर्ने, महँगो उपचार शुल्क तथा हेरचाह पनि चाहिने भएकाले नेपाल पठाइएको हो | ढाकामा बिरामीका अभिभावक नभएकाले नेपाली सिनियर चिकित्सकहरू जीवन तामाङ, मृदुल जोशी, साजन थापा, ईश्वर सिंह र निरोज कार्कीले उनलाई मंगलबारसम्म उपचारमा मद्दत गरेका थिए ।

छुटाउनु भयो कि ?